साउन, ११ साउन । स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले बुधबार बंगलादेश र भारतका राजदूतसंग छुट्टाछुट्टै भेटघाट गर्नु भएको छ।
स्वास्थ्य मन्त्रीको कार्यकक्षमा मन्त्री खापुङले दुई देशका राजदुतहरुसंग छुट्टाछुट्टै भेट गर्नु भएको हो ।
भेटका क्रममा बंगलादेशका राजदूत सलाहुदिन नोमन चौधरीसंग नेपालले बंगलादेशसंग जलविद्युत र पर्यटनमा समेत सहकार्य गर्न ईच्छुक रहेको जानकारी गराउनु भएको छ ।
यस्तै नेपालमा उत्पादन हुने विद्युतको बारेमा चासो राख्दै बंगलादेशका राजदूत चौधरीले नेपालको विद्युत बंगलादेश लैजानका लागि ईच्छुक रहेकोले चाडै दुई देशको उर्जामन्त्रीहरु संग बैठक गरि ठोस निर्णय निकालिने बताउनु भएको छ ।
यस्तै भारतीय राजदूत श्री नवीन श्रीवास्तबसंग पनि छुट्टै भेटघाटको क्रममा नेपाल र भारत बिचको राम्रो सम्बन्धले गर्दा कोभिड १९ लाई सजिलै परास्त गर्न सकिएको धारणा राख्नु भएको छ।
भेटघाट कै क्रममा नेपाल र भारत बिचको सम्बन्ध राजनितिक, सामाजिक र आर्थिक रुपमा समेत जोडिएको लामो इतिहास भएकोले यसलाई थप मजबुत बनाउदै लैजानु पर्ने स्वास्थ्य मन्त्री खापुङले राख्नु भएको छ।
दुई देशका राजदुतहरु संगको सिस्टचार भेटघाटले देशको बिकास र सम्बृद्विमा ईट्टा थपिएको मन्त्रीका स्वास्थ्य सल्लाहकार रमेश ढकालले बताउनु भएको छ ।
उहाँका अनुसार यो भेटघाट नियमित प्रकृया भएको समेत हो ।