भक्तपुर ८ साउन । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा – ६ काँग्रेसको पूरै वडा कमिटी एमालेमा प्रवेश गरेको छ ।
आइतबार एक कार्यक्रमकाबीच काँग्रेसको वडा कमिटी नै एमलेमा प्रवेश गरेको हो । नवप्रवेशीहरुमा सभापति, सचिव र सहसचिवस दर्जनौ कार्यकता रहेका छन् ।
जसमा वडा सभापति राजेन्द्र त्वाती, सचिव अनिल बके र सहसचिव राजेश सिलाकार आफ्नो सिंगो कमिटीसहित नेकपा एमालेमा समाहित भएका हुन् ।
त्यस्तै अनिल बके–नेपाली कांग्रेश वडा सचिव, राजेश सिलाकार–नेपाली कांग्रेस वडा सहसचिव , निराजन सुवाल–नेपाली कांग्रेस वडा कमिटी सदस्य,सू–न–पा–६ सरोज बके९नेपाली कांग्रेस वडा कमिटी सदस्य, प्रकाश घिसिङ क्रियाशिल सदस्य
सुजन बके क्रियाशिल सदस्य, सुजन सुकुभुटु क्रियाशिल सदस्य, कुसल सुवाल–क्रियाशिल सदस्य क्रियाशिल सदस्य, दिपक श्रेष्ठ क्रियाशिल सदस्य, सागर सुवाल क्रियाशिल सदस्य र बावुराम श्रेष्ठ क्रियाशिल सदस्य रहेका छन् ।
नवप्रवेसीहरुलाई नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत, केन्द्रीय सदस्य एवं भक्तपुर इञ्चार्ज सोम मिश्रसहितका नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।
सोही अवसरमा अन्य पार्टीबाट पनि एमाले एमाले प्रवेश गरेकाछन् । जसमा विवेक पौडेल विवेकशिल पार्टीका केन्द्रिय सचिवालय सदस्य, हिमान्चल कार्की नेकपा माले भक्तपुर जिल्ला सचिव लगायतका नेताहरु एमाले प्रवेश गरेका हुन् ।