आठराईका प्रितम बने एसईईमा तेह्रथुम जिल्ला टप, कति जिपीए ल्याए ?

तेह्रथुम, १५ साउन । आठराई गाउँपालिका १ सक्रान्तिका प्रितम बाँस्कोटा यस वर्षको एसईईमा जिल्ला टप भएका छन् ।

उनले एसईईमा ३ दशमलव ७ जिपिए अर्थात ९२ दशमलव ५ प्रतिशत ल्याएका हुन् । यो प्राप्ताङ्क तेह्रथुम जिल्लाकै यसवर्षको सर्वाधिक बढी हाे उनी सामान्य परिवारका विद्यार्थी भएपनि प्रितमले जिल्ला टप गर्न सफल भएका हुन् ।

गाउँकै बोर्डिङ स्कुलमा छोरोलाई पढाएको र अहिले छोरा जिल्ला टपर हुँदा खुसी लागेको प्रितमका बुबा मदन बास्कोटाले बताए । यद्यपि उच्च शिक्षाका लागि आउँदो दिनमा छोरालाई पढाउन आर्थिक समस्या रहेको उनको भनाइ छ ।

आर्थिक अवस्था कमजोर रहेकाले छोरालाई भनेजस्तो विषय पढाउन नसक्ने उनले बताए ।