तेह्रथुम, १७ साउन । तेह्रथुममा छोराले धान कुट्ने मुस्ली प्रहार गर्दा बुबाको मृत्यु भएको छ । छथर गाउँपालिका वडा नं – ५ ठकुरी टोलका ५३ बर्षीय भक्तबहादुर भण्डारीलाई उनका आफ्नै छोरा २४ बर्षीय टंक भण्डारीले मुस्ली प्रहार गरेका हुन् ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ६ बजे घरयासी विवाद हुँदा भक्तबहादुरको टाउकोमा टंकले मुस्ली प्रहार गरेका थिए । त्यसपछि गम्भीर घाइते भएका भक्तबहादुरलाई छथर अस्पताल लगिएको थियो । सो क्रममा उनको अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ। उपचरका लागि अस्पताल लैजान स्थानीय र प्रहरीले समेत सहयोग गरेको जनाइएको छ ।
मुस्लीले प्रहार गर्ने छोरा टंक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।