तेह्रथुम, १८ साउन । मुस्ली प्रहार गरि बुबाको हत्या गर्ने छोरा प,क्रा,उ परेका छन् । तेह्रथुम जिल्लाको छथर गाउँपालिका वडा ५ ठकुरीटोलका २४ वर्षीय टंकबहादुर भण्डारीलाई प्रहरीले प,क्राउ गरेको हो । उनले मंगलबार आफ्नै बुबालाई धानकुट्ने मुस्लीले टाउकोमा प्रहार गरि फरार भएको थिए । उनका ५३ वर्षीय बुबा भक्तबहादुर भण्डारीको मंगलबार नै शुक्रबार नै छथर अस्पतालमा मृ,त्यु भएको प्रहरीले जनाएको छ ।
घरयासी विवादका क्रममा बुबाको टाउकोमा प्रहार गर्ने वित्तिकै फरार भएका टंकलाई खोजी क्रममा तेह्रथुमको सदरमुका म्याङलुङ नगरपालिकाको पिङ्गुवा खोलाको पुलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुम र इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएका प्रहरी टोलीले टंकबहादुरलाई गएराती पक्राउ गरी आज जिल्ला अदालतबाट थप म्याद लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।