निर्वाचन मिति तोकिएकै दिन दाङमा माओवादी, कांग्रेस र राप्रपाका ३०१ नेता कार्यकर्ता एमालेमा

दाङ। दाङमा विभिन्न दलहरुका दर्जनौँ कार्यकर्ता पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गरेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै प्रमुख प्रतिपक्षीले चुनाव केन्द्रित प्रशिक्षण लगायतका कार्यक्रमलाई बनाउदै गर्दा काँग्रेस, माओवादी र राप्रपाका कार्यकर्ताहरु पार्टी परित्याग गरि एमाले प्रवेश गरेका हुन् ।

बिहीबार अर्थात चुनावी मिति तोकिएकै दिन नेकपा एमाले दाङले घोराहीमा गरेको प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपालगायतका दल परित्याग गरेका ३०१ एमाले प्रवेश गरे ।

नवप्रवेशीहरुलाई महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराएका छन् ।

एमाले प्रवेश गर्नेहरुमा माओवादी केन्द्र दाङका पूर्व जिल्ला इञ्चार्ज जीवन गौतमको सक्रियतामा माओवादी केन्द्रका जिल्ला सदस्यसहित २५१ जना, नेपाली कांग्रेसबाट ९० जना र राप्रपाका प्रदेश सदस्यसहित १० जना एमाले प्रवेश गरेको जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिए ।

माओवादी केन्द्रका जिल्ला सदस्यहरू सरस्वती नेपाली, राजेशकुमार आचार्य, तेजप्रसाद भुसाल, डम्बरबहादुर डाँगी, गोपाल भुसाल, निरजकुमार चौधरी, सोमप्रसाद चौधरीसहित २५१ जना एमाले प्रवेश गरेका हुन् ।

त्यस्तै नेपाली कांग्रेस निकट किसान संघ दाङका पूर्व अध्यक्ष डिल्ली चौधरी, नेताहरू शरद बुढाथोकी, बमबहादुर डिसीको नेतृत्वमा ९० जना र राप्रपाका प्रदेश सदस्य प्याउली केसीको नेतृत्वमा १० जना एमाले प्रवेश गरे गरेको सचिव बुढाथोकीले बताए ।