- सुमन आचार्य
चुहानडाँडा, २१ साउन । तेह्रथुमको चुहानडाँडा-थोक्लुङ सडकखण्ड अन्तर्गत फाक्चुवास्थित फाक्चुवा खोलामा पहिरोले अबरुद्ध भएको सडक संचालनमा आएको छ ।
केहीदिन देखिको अविरल वर्षाका कारण शुक्रबार फाक्चुवा खोला भन्ने स्थानमा पहिरो झर्दा सडक अबरुद्ध भएको थियो ।
उक्त पहिरो आठराई गाउँपालिका वडा न. ६ का वडाध्यक्ष कृष्णप्रसाद बास्कोटासहित चुहानडाँडा प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले करिब ३ घण्टा लगाएर पन्छ्याएको हो ।
स्थानीय युवा र प्रहरीको टोलीको सहयोगले पहिरो पन्छ्याउन सहज भएको वडाध्यक्ष बास्कोटाले साझा चासोलाई जानकारी दिए ।
सडक अबरुद्ध भएको खबर पाएलगत्तै प्रहरी प्रशासन सँगै स्थानीयको टोली कोदालो लिएर पहिरो झरेको स्थानमा पुगेको उनको भनाइ छ ।
सडक अबरुद्ध हुँदा आठराई थोक्लुङ र चुहानडाँडाका साथै अन्यन्त्र जाने सवारी अप्ठ्यारोमा परेका थिए । त्यस्तै चुहानडाँडासहित अन्य क्षेत्रबाट थोक्लुङ जाने सवारीसाधन पनि बाटोमै रोकिएका थिए ।