काठमाडौं, २२ साउन । नेकपा एकीकृत समाजवादीका नेता भोला पोखरेल सहितको जम्बो टोली एमालेमा नै फर्किएको छ ।
नेकपा एमाले विभाज हुँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा (समाजवादी)मा लागेका पोखरेल शनिबार एमाले फर्किएका हुन् ।
उनीसहितको जम्बो टोलीलाई अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले स्वागत गरेका हुन् । पोखरेल नेकपा (एमाले) को कर्मचारीहरुको भातृ संगठन नेपाल निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष समेत हुन् ।
सरकारले प्रदेश र संघको निर्वाचन मिति तोकिसकेको अवस्थामा एमाले प्रवेश गर्नेक्रम बढी रहेको छ ।