पत्रकार कविन्द्र सेर्मालाई ५० हजार राशिको फोनिज पुरस्कार

फिदिम, २८ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) पाँचथर शाखाले ‘फोनिज पत्रकारिता पुरस्कार–२०७९’ पत्रकार कवीन्द्र सेर्मालाई प्रदान गरेको छ ।

फोनिज पाँचथरका संस्थापक अध्यक्षसमेत रहेका सेर्मालाई महासङ्घको २३ औँ स्थापना दिवसको अवसर पारेर शुक्रबार ५० हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।

यसै वर्ष स्थापना गरिएको उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिने फोनिज पाँचथरका अध्यक्ष रामचन्द्र तामाङले जानकारी दिए ।

पाँचथर कुम्मायक गाउँपालिका–२ माङ्जाबुङका सेर्मा दुई दशक यता पत्रकारितामा सक्रिय छन् ।

यस्तै फोनिज पाँचथरले हरेक वर्ष प्रदान गर्दै आएको ‘फोनिज नवोदित पत्रकारिता पुरस्कार’ सञ्चारकर्मी सुनिता खजुमलाई प्रदान गरेको छ । उक्त पुरस्कारको राशी ५ हजार ५५५ रहेको छ ।