काठमाडौं, २८ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मोर्चाका अध्यक्ष कुमार लिङ्देनले नेपालका लागि संघीयता अपरिहार्य रहेको बताएका छन् ।
उनले संघीयता हटाए देश ठूलो समस्यामा पर्ने र कल्पनाभन्दा बाहिरको कुरा भएको बताए । तर हालको संघीयताको मोडल भने मुलुकमा बसोबास गर्ने जातजाति र भूगोलका नागरिकको मर्म विपरित भएको उल्लेख गरेक छन् ।
एक संचारमाध्यमसँगको कुराकानीमा उनले हिजोको दिनमा आफूहरु नै संघीयताको पक्षमा लडेको आफ्ना कार्यकर्ताहरु शहिद भएको तर देश संघीयतामा जाँदै गर्दा ‘राउण्ड टेबल’मा नराखिएको गुनासो गरे ।
यदी माग्न आए आफूले विश्वकै सबैभन्दा सुन्दर संघियताको मोडेल दिने उनले दाबी गरे ।
‘यदी कुमार लिङ्देनहरुलाई राखेर संघियता कस्तो हुन्छ भन्ने यो देशले खोज्ने हो भने विश्वकै सबैभन्दा सुन्दर मोडेल हामी दिन्छौँ,’ अध्यक्ष लिङ्देनले भने ।
‘विगतको इतिहासमा लिम्बूवान, खम्बूवान, तामसालिङ जस्ता राज्यको अस्थित्व थियो । त्यही अस्थित्वलाई सम्बोधन गर्नुपर्छ भनेर संघीयताको आन्दोलन उठेको हो । तर बीचमा पार्टीहरुले ‘डिसमिस’ गरे । प्रदेशहरुलाई असक्षम बनाए,’ उनले थपे ।