नेकपा (एकीकृत समाजवादी) तेह्रथुम सचिव भन्छन् – ‘राष्ट्रपतिको कदम स्वागत योग्य’

तेह्रथुम, ३० साउन । नेकपा एकीकृत समाजवादी तेह्रथुम सचिव गजेन्द्र कन्दङ्वाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक फिर्ता गर्नु सकारात्मक भएकाे बताएका छन्।

नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी तेह्रथुमका सचिव गजेन्द्र कन्दङ्वाले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै राष्ट्रपतिको कदम स्वागतयोग्य भएको प्रतिकृया दिएका हुन् । राष्ट्रपतिको यो कदम राष्ट्र र राष्ट्रियताको पक्षमा भएको उल्लेख गरेका छन् ।

‘सम्माननीय राष्ट्रपति ज्यूबाट नागरिकता विधेयक पुनर्विचारका लागि चालिएको कदम राष्ट्र र राष्ट्रियताको पक्षमा स्वागत योग्य छ,’ कन्दङ्वाले भनेका छन् ।

राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पारित भइ आएको नागरिकता विद्येयकलाई आईतबार राष्ट्रपति भण्डारीले पुनरविचार गर्न आवश्यक रहेको भन्दै फिर्ता गरेकी छन् ।