अरिँगालको टोकाइबाट तेह्रथुमकाे चुहानडाँडामा एकको मृत्यु

तेह्रथुम, १ भदौ । तेह्रथुमको आठराई गाउँपालिका – ६ चुहानडाँडामा अरिँगालको टोकाइबाट एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चुहानडाडाँका पृथ्वीबहादुरका छोरा अन्दाजी २८ वर्षका मिलन कन्दङ्वा रहेकाे इलाका प्रहरी कार्यालय सक्रान्तिबजारले जनाएको छ ।

गएराति केही समूहका साथ चुहानडाँडाकै हिले भन्ने ठाउँमा अरिँगाल पोल्न गएको र पोल्ने क्रममा अरिँगालले टोकेको स्थानीयले बताएका छन् ।

टोकाइबाट गम्भीर भएका उनलाइ उपचारका लागि झापा लगिएको थियो । तर उनकाे उपचारको क्रममा गएराति नै झापाको विर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको हाल पोष्टमार्टमको तयारी भइरहेको झापा प्रहरीले बताएको छ । अरिँगालले टोकेको भनेर इलाका प्रहरी कार्यालय सक्रान्तिले पुष्टि गरेर झापा प्रहरीलाई खबर गरिसकेको र केही बेरमै पोष्टमार्टम हुने झापा प्रहरीले जनाएको छ ।