१० वर्षपछि एमालेमै फर्किदै हेमराई राई, जसपाका १० केन्द्रीय सदस्य पनि एमाले प्रवेश गर्दै

काठमाडौं, १ भदाै । जनता समाजवादी पार्टी (जसपा) का एक प्रभावशाली नेता आज नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

जसपाका उपाध्यक्ष तथा पूर्वमन्त्री समेत रहेका हेमराज राई आज पार्टी परित्याग गरि औपचारिक रुपमा एमाले प्रवेश  गर्ने भएका हुन् । नेता राईलाई आज एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउन लागेका नेकपा एमालेले जनाएको छ ।

उनी आज १२ बजे एमालेको पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच पार्टी प्रवेश गर्न लागेका हुन । उनीसँगै जसपाका १० जना केन्द्रीय सदस्यहरु पनि एमाले प्रवेश गर्ने कार्यक्रम रहेको नेकपा एमालेले जनाएको छ ।

एमाले प्रवेश गर्न लागेका हुन्। १० वर्ष अघि एमाले विभाजन हुँदा राई असोक राई नेतृत्वको पार्टीमा गएका थिए ।