- कृष्ण कन्दङवा
तेह्रथुम, १ भदौ । आठराई गाउँपालिका वडा ६ चुहानडाँडाको हाटडाँडामा निर्मित पूर्वमन्त्री एवं जनसाहित्यकार काजीमान कन्दङवाको शालिक यही भाद्र ७ गते अनावरण हुने भएको छ ।
५ महिनाअघि देखि निर्माण सुरु गरि निर्माण सम्पन्न भएको उक्त शालिक नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको उपस्थितिमा अनावरण गरिने भएको हो ।
काजीमान प्रतिमा अनावरण समिति आठराई ६ चुहानडाँडा तेह्रथुमको आयोजनामा शालिक अनावरण गर्न लागिएको आठराई गाउँपालिका वडा ६ का पूर्ववडाध्यक्ष तेजप्रसाद कन्दङवाले बताउनु भयो ।
कन्दङवाले तत्कालीन समयमा मुलुकलाई सांस्कृतिक, साहित्यीक तथा शैक्षिक तथा राजनीतिक हिसाबले चौतर्फी योगदान गरेको भन्दै उनको शालिक चुहानडाँडामा निर्माण गरिएको हो ।
प्रदेश १, गाउँपालिका र वडाको करिब २० लाख सहयोगमा कन्दङवाको सालिक निर्माण गरिएको हो ।