मित्र प्रदीप गिरीको निधनले मर्माहत भएँ : अध्यक्ष ओली

काठमाडौं, ५ भदौ । नेकपा एमाले अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका नेता प्रदिप गिरीको निधनप्रति दुख व्यक्त गरेका छन् ।

उनले गिरीको निधनमा आफू मर्माहत भएको सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

उनले भनेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’