मेरो कार्यकालमा काठमाडौंबासीले फोहोरको दुर्गन्ध सुँघ्नु परेन : विद्या सुन्दर

काठमाडौं, ६ भदाै । काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्या सुन्दर शाक्यले आफ्नो कार्यकालमा नगरबासीले फोहोरको दुर्गन्ध थाहा पाउनु नपरेको दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै शाक्यले आफनो पाँचबर्षे कार्यकालमा अहिलेको जस्तो महिनौ दिनसम्म फोहोरको समस्या व्योहोर्नु नपरेको बताएका हुन् ।

‘अहिले सांसद मन्त्रीहरु संसदमा फोहोर किन उठेन ? भन्दै चिन्ता गरेका छन, फोहोर उठाएका छन् । मेरो कार्यकालमा महानगरको चिन्ता कसैले लिनु परेको थिएन,’ उनले भने ।

उनले आफु पदमा रहदा सोचे जति सहयोग प्राप्त नभएपनि महानगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदाको संरक्षणमा समृद्धि नै ल्याएको बताएका छन् ।