मंसिरपछि एमालेको सरकार आउने वित्तिकै नागरिकता विद्येयक सच्याउँछ : योगेश भट्टराई

काठमाडौं, ०६ भदौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेको सरकार आउने वित्तिकै नागरिकता विधेयक सच्याइने दाबी गरेका छन् ।

रामेछापमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले वर्तमान सरकारले संसद्‌बाट बलपूर्वक पारित विद्येयक जारी गरेको पनि आरोप लगाए ।

राष्ट्रपतिले संसद्‌मा फिर्ता गरेको नागरिकता विधेयकलाई शेरबहादुर देउवा सरकारले बलपूर्वक पास गरेको छ । दोस्रोपल्ट गएको विधेयक राष्ट्रपतिले प्रमाणित गर्नुभन्दा अर्को बाटो छैन । त्यसैले मंसिरपछि एमालेको सरकार आउँछ र त्यो कानून सुधार गर्छ,’ उनले भने ।