तेह्रथुम\चुहानडाँडा, ७ भदौ । तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा दुई सम्मानीत कन्दङ्वा व्यक्तित्वहरुको प्रतिमा (शालिक) अनावरण गरिएको छ ।
मंगलबार एक कार्यक्रमकाबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिको उपस्थितिमा दुई फरक-फरक व्यक्तित्वहरु काजीमान कन्दङ्वा र सूर्यबहादुर कन्दङ्वाको शालिकको अनावरण गरिएको हो ।
जनसाहित्यकार तथा पूर्वमन्त्री स्वर्गिय काजीमान कन्दङ्वाको शालिक आठराई गाउँपालिका-६ चुहानडाँडाको हाटडाँडामा निर्माण सम्पन्न गरिएको थियो । त्यस्तै नेकपा (एमाले)का पूर्वसांसद स्वर्गिय सूर्य कन्दङ्वाको शालिक आठराई-५ छातेढुंगाको डेउडीबजारमा निर्माण भएको थियो ।
उक्त निर्माण सम्पन्न भएका शालिकहरुको अनावरण मंगलबार एकै दिन गरिएको आठराई गाउँपालिकाका पूर्व उपाध्यक्ष रुपादेवी कन्दङ्वाले जानकारी दिनुभयो ।
काजीमानको शालिक वडा-६, आठराई गाउँपालिका र प्रदेश-१ को गरि करिब २३ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको हो । त्यस्तै सूर्य कन्दङ्वाका शालिकका लागि प्रदेश सरकारले करिब १५ लाख बजेट खर्चेको थियो ।
भिडियो
यस्तो छ काजीमान कन्दङ्वाको परीचय
काजीमान बि.सं १९८६ साल पुस १८ गते बुधबार हालको छातेढुंगामा जन्मिएका थिए
। कन्दङ्वा वंशकै एक उम्म पदस्थ व्यक्ति हुन् । उनले राजा महेन्द्रवीर बिक्रम शाहका शासनका बेला विभिन्न सहायक मन्त्रीको जिम्मेवारी सम्हाल्ले अवसर पाएका थिए । सो बेला (बि.स २०१७) पुस १२ गते उनी सहायक गृहमन्त्री बनेका थिए ।
बि।स २००७ सालमा प्रजातन्त्र स्थापना कालमा तेह्रथुम, धनकुटा र ताप्लेजुङ क्षेत्रमा सक्रिय भूमिका खेलेका उनको शैक्षिक योग्यता बीए सम्म थियो ।
भारतमा मेट्रिक पास गरेका उनले बिस २०३० सालमा त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट बीए गरेका थिए ।
२००७ सालमा धनकुटा कब्जा भएपछि गठन भएको समसामयीक सरकारमा उनी सहायक शिक्षामन्त्री पनि बनेका थिए ।
त्यसबेला नेपाली काँग्रेसको जिल्ला पूर्वाञ्चल र केन्द्रीय सदस्य, नेपाल किसान संगठन केन्द्रीय समितिको सहसचिवको जिम्मेवारी सम्हालेका थिए ।
त्यसपछि २०१६ मा उनी अखिल नेपाल पीछडिएको जाति सम्मेलन आयोजक समितिको महासचिव बनेका थिए ।
२०१९ मा सहायक अर्थ तथा आर्थिक कार्य विषयकमन्त्री, २०१९ चैत २० राजसभाको सम्माननीय सदस्य, २०३८ सालमा अञ्चाधीश, २०४१ सालमा राजसभा सदस्य, त्यस्तै २०४८ सालमा उनले राजसभाबाट राजीनामा दिएर नयाँ दल गठन गरि नेतृत्व गरेका थिए ।
त्यसअघि २०२० सालमा तेह्रथुम जिल्लाको पोखरी पञ्चाय सदस्य, तेह्रथुम पञ्चायत सदस्य, त्यसपछि मोरङ जिल्लाको केराबारी गाउँ पञ्चायत सदस्य, उपप्रधान पञ्च, मोरङ ।
जिल्ला सभासद मोरङ, जिल्ला पञ्चायत सदस्य मोरङ, मोराङ पञ्चायतको निर्विरोध सभापति, २०२६ सालको जनमत संग्रहमा सक्रिय भूमिकामा रहेका थिए ।
काजीमान कन्दङ्वाको राजनीतिक क्षेत्रबाहेक सामाजिक तथा साहित्यिक क्षेत्रमा पनि उत्तिकै योगदान रहेको छ ।
तेह्रथुम बहुमुखी क्याम्पसमा बिए ल्याए
पूर्वकै जेठो क्याम्पस तेह्रथुम बहुमुखी क्याम्पसमा उनले बिए तहको पढाइका लागि पनि काजीमानको अतुलनीय योगदान रहेको छ । सुरुवातमा आइएमात्रै रहेको तत्कालीन विरेन्द्र इन्टर कलेज नामले चिनिने यो हालको तेह्रथुम बाहुमुखी क्याम्पसमा विएसम्मका बनाउन पनि उनले अग्रण भूमिका खेलेका थिए ।
लिम्बू चलचित्रलाई अन्तर्राष्ट्रिय अवार्ड दिलाए
लिम्बू चलचित्र नुमाफुङको लेखक पनि उनी काजीमान हुन् । जुन चलचित्रले अन्तर्राष्ट्रिय अवार्डसमेत जितेको थियो । उक्त चलचित्रमा लिम्बू संस्कार संस्कृतिका नकारात्मक पाटोलाई चित्रण गर्दै त्यसले पार्ने सामाजिक असरकाबारेमा प्रष्ट्याइएको थियो ।
नुमाफुङ चलचित्रमा ८० प्रतिशत नेपाली र २० प्रतिश लिम्बू भाषा समेटिएको छ ।