काठमाडौं, ०८ भदाै । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास वालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अध्यक्ष ओली बुधबार बिहान वालुवाटार पुगेका हुन् ।
कानुन निर्माणका साथै दिर्घकालीन महत्वका निर्णयहरु प्रतिपक्षी दलसँग सल्लाह नगरी सरकारले एकलौटी निर्णय गरिरहेको एमालेको आरोप छ ।
अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँग सोही विषयमा कुराकानी गर्ने बताइएको छ । अध्यक्ष ओलीसहित एमालेका अन्य नेताहरु वालुवाटार पुगेका छन् ।
सरकराले ल्याएको नागरिकता विद्येयक राष्ट्रपति विद्यादेवी भण्डारीले पुनरविचार गर्न भन्दै प्रतिनिधिसभामा फिर्ता गरेकी छन् । तर प्रतिनिधि र राष्ट्रियसभा दुवैबाट पुन पारित गरेर सरकारले पुन राष्ट्रपतिकहाँ पठाउने तयारी भइरहेको छ ।