काठमाडौं, ०९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माण गर्न सरकार तयार रहेको बताउनु भएको छ ।
तेह्रथुममा विमानस्थल बनाउन हामी तयार छौँ प्रधानमन्त्री देउवा
काठमाडौं, ०९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माण गर्न सरकार तयार रहेको बताउनु भएको छ ।
उहाँलेले विमानस्थल निर्माणको लागि बातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन आउन बाँकी रहेको भन्दै सो प्रतिवेदन आउने वित्तिकै सरकारले प्राथमिकताका साथ विमानस्थल निर्माणलाई गति बताउनु भयो ।
बुधबार नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्व भौतिक पुर्वाधार राज्यमन्त्री सीता गुरुङसहित तेह्रथुमका जनप्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले विमानस्थल निर्माणका लागि सहयोग पुर्याउने आश्वसन दिनुभएको हो ।
भेटमा नेता गुरुङसहित आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम, फेदाप गाउँपालिकाका अध्यक्ष केशव भेटुवाल र कांग्रेस नेता हेमन्त गुरुङ सहभागी हुनुहुन्थ्यो।
प्रधानमन्त्रीसँगको भेटमा विमानस्थल निर्माणका लागि आग्रह गरिएको आठराई गाउँपालिकाका अध्यक्ष पाहिमले बताउनुभयो ।
नेता गुरुङले चुहानडाँडा विमानस्थल निर्माणले तेह्रथुमकोमात्रै नभई यस क्षेत्रकै हवाई यातायातमा विकासको फड्को हुने भन्दै त्यसबारे प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको बताउनुभयो।
भेटमा जिल्ला विकास निर्माण र अन्य समसामयिक समस्याहरुका विषयमा समेत छलफल भएको छ ।
चुहानडाँडा विमानस्थल निर्माणका लागि यसअघि केपी ओली नेतृत्वको सरकाले पनि चासो दिएको थियो । यद्यपि विमानस्थल निर्माण कार्यको थालनी भने हुन सकेको छैन ।