तेह्रथुम, ०९ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री भवानी खापुङले तेह्रथुमको आठराई गाउँपालिका – २, खाम्लालुङमा सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन गर्नु भएको छ ।
मन्त्री खापुङ्ले बुधबार एक कार्यक्रमकाबीच सामुदायि स्वास्थ्य इकाईको भवन उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खापुङले आधारभूत स्वास्थ्य सेवा संविधानले नै प्रदान गरेको मौलिक हक भएकाले स्वास्थ्य सेवा क्षेत्रको पहुँच सबै नागरिकमा पुग्नु अनिवार्य रहेको बताउनु भयो ।
उहाँले आठराई क्षेत्रको सडकको चर्चासमेत गर्नु भएको छ । उहाँले खाम्लालुङ–म्याङ्लुङ सडक कालोपत्रेको लागि प्रदेश सरकारलाई जिम्मा दिइएको समेत बताएका छन् ।
उहाँले तेह्रथुमको खाम्लालुङ पानीको प्रशस्तै स्रोत भएकाले यहाँको पानी मानवीयताको हिसाबले अभाव रहेको क्षेत्रमा पानी दिलाउन खाम्लालुङ बासीलाई आग्रह गर्नु भएको थियो ।
मन्त्री खापुङको गृहजिल्ला तेह्रथुम हो । उहाँले तेह्रथुम जिल्लाको सबै पक्षको विकासका लागि आफूले पहल गर्ने आश्वसनसमेत दिनुभएको छ ।