काठमाडौं, ०९ भदौ । नेकपा नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम प्रदेश कमिटीका प्रदेश अध्यक्ष विक्रम शाही पार्टी परित्यागको घोषणा गरेका छन् ।
उनले बिहीबार समाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन । नेकपा एकीकृत समाजवादीले पार्टी पुनरगठनको एक वर्षे उत्सव मनाउने तयारी गरिरहेका बेला सुदुरपश्चिम अध्यक्ष शाहीले पार्टी नै परित्याग गरेका हुन् ।
उनले एमाले छोडेकोमा पुछतो र आत्मग्लानी भएको स्टाटसमा उल्लेख गरेका छन् ।
‘२०५४ सालमा वामदेवले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनका पछि लागे । गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो। त्यसको पछि लाग्नेमा म पनि थिए। पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरुलाई नै फाइदा पुर्यायो । त्यसवापत पछुतो र आत्मग्लानी भएको छ ।
विगत ५र६ महिना देखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थियो भने आजका मितिदेखि म कुनै दलसँग आबद्ध नरहेको घोषणा गर्दछु।