इन्दिराले हाँसेर उडाएका कान्देन लिम्बू सुवानी मोक्तानलाई मन पर्‍यो (भिडियो)

काठमाडौं, २८ मंसिर । नेपाल आइडलको सिजन – २ मा जजहरुबाट बिल्ला भिरेको कान्देन लिम्बू सिजन – ४ को छनौँटमा चरणमा भने पास भएका छन् ।

सिजन – २ को छनौँट चरणमा धरानमा भएको अडिसनमा उनी मोरङबाट प्रतियोगिको रुपमा प्रस्तुत भएका थिए । उनको प्रस्तुतिलाई मुख विगार्दै अपमान गरेका त्यतिबेलाका जज इन्दिरा जोसीले भयो भाइ भयो भाइ भन्दै अरुची व्यक्त गरेका थिए ।

त्यतिमात्रै होइन उनले भनेकी थिइन्, ‘हामीले ह्या, ह्या, ह्या.. गर्दापनि पूरा नोट लागेको जस्तो हुन्छ । तर लागेको हुँदैन।’ जजहरु कालिप्रसाद बाँस्कोटा र न्हू बज्राचार्यले पनि हासेर उनलाई उडाएका हुन्छन् ।

तर कान्देन सिजनको ४ विराटनगर अडिसनबाट भने छनौँट चरण पार गरेका छन् । समय पनि अघि बढिसक्यो । कान्देन ३ वर्षअघिको कान्देन जस्तो छैनन् । अहिले उनले संगीतको साधना धेरै गरिसके । उनी तेह्रथुमबासी हुन् ।

यो पटक उनलाइै जजहरुले अध्याधिक मन पराउँदै छनौट गरेका छन् । जजहरु शम्भूजित बास्कोटा, सुवानी मोक्तान र सुगम पोखरेलले उनको प्रस्तुतिलाई मन पराएका छन् । जजहरुले कान्देनलाई जस्तो गीतमा पनि स्वर मिलाउन सक्ने खुवी भएको भन्दै प्रशंसा समेत गरेका छन् । जे हो कान्देनले संगीत साधनाको एकमात्रै उपज हो भन्ने कुरालाई आँखै अगाडी प्रमाणित गरेका छन् ।

(भिडियो)

Facebook Notice for EU! You need to login to view and post FB Comments!