मध्य रातमा बालेनालाई महेश बस्नेतको चेतावनी – ‘२\४ सय फेसबुके फ्या हुँदैमा नमात्य’

काठमाडौं, १० भदौ । नेकपा एमाले नेता महेश बस्नेतले काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई केही फेसबुके फ्यान हुँदैमा हिरो नबन्न चेतावनी दिएका छन् ।

काठमाडौं महानगरका अवैध संरचना हटाउन निर्ममतापूर्वक कस्सिएका प्रमुख बालेनलाई नेता बस्नेतले फेसबुक स्टाटस लेख्दै उक्त चेतावनी दिएका हुन् ।

गएराति करिब १२ बजेतिर बस्नेतले बालेनको फेसबुक पोष्टको स्कृन सर्ट राख्दै आफ्नो घरको नक्सा हेर्न मन भए भक्तपुर आउनसमेत आग्रह गरेका छन् ।

यस्ताे छ बस्नेतकाे स्टाटस्

एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरे खुसि लाग्यो । तपाँईलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ्। मेरो घरको नक्सा हेर्न मन भए सुर्यबिनायक नगर पालिकामा काजमा आउनुहोला । तपाँईलाई भत्काउने र ध्वसं गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हम्रो तिर ध्वसं होइन निर्माणको लहर चलेको छ्। यताका डोजरमा मेयर चडदैनन ड्राइभर चड्छन्। डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनुहोला । अनि २र४ सय फेस बुके फ्यान भए भनेर नमात्तिनु बिगतका यस्ता २र४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन खोज्नै पर्ने भाको छ्। गाली गलौजको संस्कृति हाम्रो संस्कृति होइन । त्यस्को बिकाश र प्रोत्साहनमा अहिलेत रमाइलै होला पछि तपाईका बिरोधिले पनि तेही शैली अपनाए भने गार्हो होला।