काठमाडौं, ११ भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ फेरि अस्वस्थ भएका छन् । उनलाई हाल उपचारका लागि वीर अस्पताल भर्ना गरिएको छ ।
मन्त्रीका प्रेस संयोजक भगीश्वर लिम्बूका अनुसार मन्त्री खापुङलाई रिंगटा लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखिएप देखिएको छ । हाल उनको भीआईपी कक्षमा राखेर उपचार भइरहेको छ । यसअघि करिब १ महिना अघि पनि यस्तै प्रकारको बिराम लागेपछि वीर अस्पतालमै भर्ना भएका थिए ।
मन्त्री खापुङ गृहजिल्ला तेह्रथुम भ्रमण गरेर बिहीबारमात्रै काठमाडौं आएका थिए । उनले तेह्रथुममा विभिन्न अस्पताल भवनहरु उद्घाटन गरेका थिए ।