काजीमान र सूर्य यति नि:स्वार्थ थिए कि मर्ने बेला कात्रो किन्नेसमेत पैसा थिएन : सांसद कन्दङ्वा

तेह्रथुम, ०९ भदौ । तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा विभिन्न क्षेत्रमार्फत समाज र राष्ट्रलाई योगदान गरेका दुई व्यक्तित्वहरु काजीमान कन्दङ्वा र सूर्यबहादुर कन्दङ्वको शालिक अनावरण भए । जसमा सूर्यबहादुर कन्दङ्वाको शालिक आठराई गाउँपालिका वडा नम्बर –५ छातेढुंगाको डेउडी बजारमा निर्माण भएका शालिकको अनावरण गरिएको हो।

त्यस्तै काजीमान कन्दङ्वाको शालिक आठराई वडा ६ चुहानडाँडाको हाटडाँडामा निर्माण गरिएको थियो । उक्त शालिक पनि मंगलबार नै अनावरण गरिएको थियो । करिब ४ महिना अघिबाट निर्माण थालिएको उक्त शालिक निर्माण सम्पन्न भए लगत्तै मंगलबार धुमधामका साथ अनावरण गरिएको थियो।

अनावरण कार्यक्रमका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति गंगाप्रसाद उप्रेतिलाई निम्त्याइएको थियो । विभिन्न अवरोधका बावजुद काजीमान कन्दङ्वाको शालिक निर्माण सम्पन्न भएको सरोकारवालाहरुको भनाइ छ ।

विशेषत आठराई गाउँपालिका वडा –६ का पूर्ववडाध्यक्ष तेजप्रसाद कन्दङ्वको पहलका साथै वडा कार्यालय, आठराई गाउँपालिका र प्रदे्श १ को आर्थिक सहयोगमा शालिक निर्माण भएको हो ।

शालिक अनावरण कार्यक्रममा कुलपति उप्रेतिसहित नेकपा एमाले तेह्रथुमका प्रदेश सांसद तेजमान कन्दङ्वा पनि सहभागी थिए।

उपस्थित सम्पूर्ण वक्ताहरुले काजीमान र सूर्य कन्दङ्वाको योगदानबारे खुलेरै प्रशंसा गरेका थिए ।

वि.स १९८६ सालमा पाकिस्तानको कोइटा सहरमा जन्मिएका काजीमान कन्दङ्वा २०१६ सालमा आठराईमा आएर सक्रिय राजनीतिमा लागेका थिए ।

उनी आफ्नो जीवनकालमा गृहराज्यमन्त्री, अञ्चलाधीश, मोरङ जिल्ला सभापतिसमसम्म बनेका थिए २०१७ सालमा सहायक गृहमन्त्री, २०१९ सालमा राज परिषद् सदस्य, २०३७ सालमा लुम्बिनी अञ्चलाधिश, २०३४ र २०४३ सालमा मोरङ जिल्लाको सभापति बनेका थिए । त्यति मात्रै नभइ उनले साहित्यिक क्षेत्रमा उनले मुलुकलाई योगदान गरेका थिए । उनकोे दार्जिलिङबाट २०१० सालमा “आठकथा” कथाकृति र नेपाल बाट २०२० सालमा नेपाली जनसाहित्य कृति प्रकाशित भएको थियो । त्यस्तै कन्दङवाको लेखनमा रहेको लिम्बू चलचित्र नुमाफुङले अन्तर्राष्ट्रिय अवार्डसमेत जितेको थियो ।

उनको पुर्ख्यौली थलो छातेढुंगा हो । काजीमानले तेह्रथुमको शैक्षिक क्षेत्रमा पनि उल्लेख्य योगदान गरेका छन् ।

यसै सन्दर्भमा काजीमान र सूर्य कन्दङ्वाप्रति तपाईको धारणा के छ भनेर तेह्रथुमबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका प्रदेश सांसद तेजमान कन्दङ्वालाई साझा चासो डटकमका लागि सोधको छौँ ।

सांसद कन्दङ्वाद्वारा काजीमान र सूर्य कन्दङ्वामाथि व्यक्त चारित्रिक विशेस्ता तथा योगदानबारे गर्नुभएको चर्चाको सम्पादिन अंश ।

काजीमान कन्दङ्वा र सूर्य कन्दङ्वा बहुप्रतिभाशाली व्यक्तित्व थिए । उनीहरु निस्वार्थ राजनीतिक व्यक्तित्वको रुपमा परिचित छन्। अहिले पार्टीलाई नेताहरुले व्यवसाय बनाउने गरेका छन् । तर काजीमान कन्दङ्वा र सूर्य कन्दङ्वा त्यस्ता राजनीतिक व्यक्ति थिएनन् । यहाँसम्मकी उनीहरुको मर्ने बेलामा कात्रो किन्न पनि नसक्ने भएर मरे भन्दापनि हुन्छ ।

उनीहरु निस्वार्थ जनता र देशको सेवा गरेका नेताहरु हुन् । काजीमान २०१८ सालमा गृहसहायक र शिक्षा मन्त्री भएका थिए । पञ्चायत कालमा मोरङको जिल्ला सभापति भएकै हुन् । त्यस्तै अञ्चलान्यायाधीश भएका हुन् ।

उनी पञ्चायतको राजाको मन्त्री भएपनि उनी शोषण र सामन्तकोबिरुद्धमा बोल्ने नेता थिए ।

उनी शोषक र सामन्तलाई गाउँमा आएर कुट्थे बरु गरिबलाई किन हेप्यौ भनेर । उनी शिक्षा प्रेमि त हुँदै हुन् किनभने उनले पोखरी माविमा पनि उनको योगदान छ ।

काजीमान शोषण र सामन्तकोबिरुद्धमा बोल्ने नेता थिए । उनी शोषक र सामन्तलाई गाउँमा आएर कुट्थे बरु गरिबलाई किन हेप्यौ भनेर ।

उनी शिक्षा प्रेमि त हुँदै हुन् किनभने उनले पोखरी माविमा पनि उनको योगदान छ । त्यस्तै तेह्रथुम बहुमुखी क्याम्पस र तेह्रथुको सिंहबहिनी विद्यालयमा पनि काजीमान प्रअका रुपमा थिए । म्याङ्लुङका तुम्बाहाम्फेहरुलाई । उनको लिम्बू भाषा, साहित्यको क्षेत्रमा अनेक लेखहरु लेखेको पाइन्छ ।

चलचित्र निर्देशक नविन सुब्बाले पनि काजीमान बारे स्पष्टका साथ अनावरण कार्यक्रममा बढो राम्रो तवरले कुरा राखे । जनकविका रुपमा पनि काजीमानलाई लिने गरिन्थ्यो । उनी एक प्रगतिशील कविको रुपमा पनि चिनिएका थिए । त्यस्तै मुलुकको संघीयताको मोडेलकर्ता पनि हुन् उनी ।

संघीयता नेपालमा अरु कसैले ल्याएको होइन् । अहिले जो जस्ले ल्याएको भनिएतापनि । संघीयताको पहिाले डिजाइनर नै काजीमान कन्दङ्वा हुन् । डा. खगेन्द्रजङ गुरुङसहित काजीमानले संघीयतामा जाँदा नेपालमा १४ राज्य हुनुपर्छ भनेर तत्कालीन समयमा राजनीतिक पहुँज कमजोर भएकाले राज्यले मानेन् ।

राजनीतिक, सामाजिक र शैक्षिक आन्दोलनको हिसाले उनको योगदान अतुलनिय छ । त्यस्तै नितान्त लिम्बू भाषा साहित्यको क्षेत्रमा पनि उनले त्यतिकै धेरै कलम चलाएका छन् ।

काजीमानको शलिक निर्माण हुँदै गर्दा केही विवाद तथा अप्ठ्याराहरु पनि आए । तर अहिले आएर काजीमान कन्दङ्वा त्यस्तो मान्छे होइन भन्ने सबैले बुझे । उनी सामाजिक सद्भाव कायम होस् भन्ने चाहना भएको मान्छे भनेर आठराईबासी र तह्रथुमबासीले बुझे। त्यही भएर उनलाई सम्मान गर्नुपर्छ भनेर सबै स्थानीय एकै ठाउँमा उभिएका छन् ।

सूर्य कन्दङ्वा

बि.स १९९३ बैशाखमा जन्मिएका सूर्य कन्दङ्वा शिक्षामा स्नातक हुन् । उनी पोखरी मावि र शारदा मावि चुहानडाँडाका तत्कालीन शिक्षक पनि हुन् ।

उनी पूरै सर्वाहारा जिवन शैलीका हुन् । उनी वितिसकेपछि उनको परीवार कोही छैन । उनको सम्पति पनि थिएन् ।

उनको केही बचेको सम्पति थियो । त्यो पनि उहाँकी पत्नी (भाउजु)ले बेचिन र बैंकमा राखिन् त्यो पनि खाँदाखाँदै वितिन् ।

उनी तत्कालीन नेकपा एमालेका कोशी प्रान्तिय कमिटीको केन्द्रीय सदस्य पनि बने । २०४८ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचित तेह्रथुमका सांसद पनि हुन् ।

उनी ५८ वर्षकै उमेरमा बिते । उनको छोराछोरी कोही छैनन् अहिले । उनले २०१६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएको पाइएको छ ।