आठराईमा सम्पन्न भयो तिज विशेष कार्यक्रम

तेह्रथुम, १३ भदौ। नेपाली नारीहरूको महान पर्व तिजको अवसरमा आठराई गाउँपालिकामा तिज विशेष कार्यक्रम भएको छ ।

महिला अधिकार मञ्चको आयोजनामा भएको कार्यक्रम विभिन्न प्रतियोगितात्मक कार्यक्रम भएको थियोे ।

आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आठराई क्षेत्रका महिला अधिकार कर्म, विद्यार्थी, शिक्षिका, स्थानीयहरूको विशेष उपस्थिति रहेको थियोे ।

आठराई गाउँपालिकाको सहयोगमा भएको कार्यक्रम महिला अधिकार मञ्चकि अध्यक्ष सृजना लामा फोम्बो अध्यक्षतामा सम्पन्न भएको हो ।

हाम्रो सवाल डटकबाट