काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भूसालले एमाले संसदीय दलको उपनेता तथा उपाध्यक्ष सुवास नेम्वाङलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने प्रस्ताव गरेका छन् ।
विहीबार ललितपुरको च्यासालमा बसेको केन्द्रीय कमिटीको बैठकम भूसालले अध्यक्ष ओलीलाई उम्मेदवार बनाएर गए पराजित हुने भन्दै नेम्वाङलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन जोड दिएका हुन् ।
तयर एमालेले यसअघि नै ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउने भनेर निर्णय गरिसकेको छ । नेता घनश्याम भुसालले भने, ‘जनताले ‘नयाँ नेतृत्व खोजेको छन् । ओलीलाई उम्मेदवार बनाए निर्वाचनमा हारिन्छ। उपनेता नेम्वाङलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाऔँ।’
‘हिजो संसद विघटन असफल भएसँगै केपी कमरेडको ठाउँमा सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाएको भए नेकपा एमाले फुट्दैनथ्यो । फरक समुदायको नेतालाई प्रधानमन्त्री बनाउँदा नयाँ सन्देश दिन सकिन्छ,’ उनले भने ।