काठमाडौं, १३ भदाैँ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली काँग्रेसका पदाधिकारीहरु शीतलनिवास जाने भएका छन् ।
संसदबाट पास भइआएको नागरिकता विद्येयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनरविचार गरियोस् भनि फिर्ता पठाएपछि अहिले सरकार र राष्ट्रपतिबीच टकराव सृजना भएको छ ।
राष्ट्रपतिसँगको भेटमा काँग्रेस पदाधिकारीले सोही विषयमा छलफल गर्ने जनाइएको छ ।
प्रधानमन्त्री देउवाव, उपसभापति धनराज गुरुङ, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पार्टी महामन्त्री गगन थापा शीतलनिवास जाने भएका हुन् ।
प्रधानमन्त्रीसहित काँग्रेसका पदाधिकारीहरु दिउँसो २ बजे शीतलनिवास आउन लागेको राष्ट्रपतिका प्रेस संयोजक टीक ढकालले जानकारी दिएका छन् ।