सुर्खेत, १५ भदौ । तीजको नाच हेर्ने क्रममा झ–डप हुँदा सुर्खेतमा एक पुरुषको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० पठानटोलमा उक्त पुरुषको ज्यान गएको हो ।
मंगलबार राति तीजको अवसरमा आयोजित नाच हेर्नेक्रमम झडप भएको जनाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उक्त झडपमा २० वर्षीय रोशन जीसीको ज्यान गएको प्रहरीको भनाइ छ । उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।
नाच हेर्ने क्रममा झ–डप हुँदा जीसीमाथि अन्धाधुन्ध ढुं प्रहार भएको प्रहरीको भनाइ छ ।
घटनामा संलग्न रहेको भन्ने आधारमा चार जनालाई पक्राउ गरिएको सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टले बताएका छन् ।