संसद बैठकमै नेकपा एसका पूर्वमन्त्रीले एमालेमा प्रवेश गर्छु भनेपछि…

कैलाली, १५ भदौ। नेकपा एमाले प्रवेश गर्ने सार्वजनिक रुपमै घोषणा गरेका पूर्वमन्त्री तारा लामा तामाङलाई नेकपा एकीकृत समाजवादीले कारवाही गरेको छ ।

एमाले विभाजनका क्रममा नेकपा एकीकृत समाजवादी रोजेका लामाले संसदमा विशेष समयमा एमाले रोज्ने जनाएका थिए ।

उनको अभिव्यक्तिपछि नेकपा एकीकृत समाजवादी सुदुपश्चिम अध्यक्ष हर्क बहादुर सिंहले विज्ञप्ति जारी गर्दै कारबाही गरेको जनाएका छन् ।

उनले संसदमा बोलेको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै अध्यक्ष सिंहले कारवाही गरेको जनाएका छन् ।

तामाङ प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री समेत बनेका थिए । उनी एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश उपसचिव थिए ।