काठमाडौ, २७ मंसिर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ ।
आफू कोरोना संक्रमित भएको भन्दै उनले मंगलबार ट्वीट मार्फत जानकारी दिएका छन् ।
‘कोरोना पोजिटिभ आएको छ । सामान्य लक्षण देखिएको छ,’ उनले भनेका छन्, ‘चार पाँच दिन अघिसम्म मसँग नजिक रहनुभएका सबैलाई सतर्कता अपनाउन र लक्षण देखिएमा जाँच गराउन अनुरोध गर्दछु।’
उनी भर्खरै चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनबाट निर्वाचिन उपमहासचिव हुन् ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!