सुदुरपश्चिममा नेकपा एसका मन्त्रीदेखि सांसदसम्म भक्काभक एमालेमा प्रवेश गर्दै

कैलाली, १५ भदौ । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशका मन्त्रीदेखि प्रायजसो नेताहरु नेकपा एमाले प्रवेश गर्ने तयारीमा जुटेका छन् ।

यो सँगै नेकपा एकीकृत समाजवादीले एमाले प्रवेश गर्ने खबर सुनेका सबै पार्टीका नेता तथा मन्त्रीहरुलाई भट्टाभट कारवाही थालेको छ ।

यसअघि संसद बैठकमै नेकपा एसका पूर्वमन्त्रीले तारा लामा तामाङले एमाले प्रवेश गर्ने बताएपछि उनी कारवाहीमा परिसकेका छन् । उनलाई नेकपा एस सुदुरपश्चिम अध्यक्ष हर्कबहादुर सिंहले एक विज्ञप्ति जारी गर्दै कारवाहीको घोषणा गरेका हुन् ।

त्यस्तै बुधबार भौतिक पूर्वाधार राज्य मन्त्री कुलवीर चौधरीलाई पनि मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका छन् ।

एमाले प्रवेश गर्ने चर्चा चलेसँगै उनलाई बर्खास्त गरिएको एक मन्त्रीले बताएका छन् ।

आज नेकपा एकीकृत समाजवादीका सांसद, पूर्वमन्त्री तथा विभिन्न कार्यकर्ताहरु नेकपा एमाले प्रवेश गर्ने तयारी भइरहेको जनाइएको छ ।