मन्त्री, पूर्वमन्त्री र नेकपा एसका प्रदेश अध्यक्षसहित काँग्रस–माओवादीका हजारौँ एमालेमा

कञ्चनपुर, १६ भदौ । नेकपा एसका तर्फबाट सुदुरपश्चिम प्रदेशका वर्तमान भौतिक पूर्वाधार तथा राज्यमन्त्री कुलविर चौधरी, पूर्व मंत्री तारालामा तामाङसहित दर्जनौँ नेता एमाले प्रवेश गरेका छन् । त्यस्तै काँग्रेस र माओवादी केन्द्रका गरि हजारौँ संख्यामा एमाले प्रवेश गरेको बताइएको छ ।

बुधबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रम मार्फत उनीहरु एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए । उनीहरुसँगै नेकपा एसका पोलिटब्युरो सदस्य तथा प्रदेश अध्यक्ष विक्रम शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्द, नेता वीरबहादुर बुढाथोकी अरु प्रदेश र जिल्ला कमिटीका सदस्यहरू पनि एमाले प्रवेश गरेका हुन् ।

त्यस्तै नेपाली काँग्रेस र नेकपा  माओवादीका नेता कार्यकर्ता गरि हजारौँ संख्यामा पनि एमाले प्रवेश गरेको नेकपा एमालेले जनाएको छ ।