एक महिना अघि कोरिया पुगेको पाँचथरका युवक साथीको ह-त्या गरेको आरोपमा प-क्राउ

काठमाडौं, १६ भदौ । पाँचथरका एक युवकलाई दक्षिण कोरियमा साथीको ह–त्या गरेको आरोप लागेको छ ।

एक महिना अघि मात्रै रोजकारीका लागि कोरिया पुगेका फिदिम नगरपालिका ११ का २९ वर्षीय राजेश बुढाथोकीलाई आफ्नै साथीको ह–त्या गरेको आरोप लागेको हो ।

उनीमाथि नुवाकोट घर भएका सँगै काम गर्ने साथी विकास बिश्वकर्माको हत्या गरेको आरोप लागेको दक्षिण कोरियाको प्रहरी निकायले जनाएको छ ।
हाल बुढाथोकीलाई अनुसन्धाका लागि नियन्त्रणमा लिइसकेको जनाइएको छ ।

दक्षिण कोरियाका प्रहरी अधिकारीहरुका अनुसार मंगलवार साँझ खाना खाएर बुढाथोकी र विश्वकर्मा सँगै सुतेका थिए । सोही क्रममा बुढाथोकीले सुतेकै अवस्थामाबिश्वकर्मालाई करिब ११ बजे राति च–क्कु प्रहार गरि ज्यान लिएको आरोप लागेको हो ।

आरोपित बुढाथोकी पनि घाइते अवस्थामा रहेको बताइएको छ । उनको हाल प्रहरी निगरानीमै उपचार भइरहेको जनाइएको छ ।