एमाले सांसद र पूर्वसांसदसहित नेताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाडौं, १६ भदौ । नेकपा एमालेका सुदुरपश्चि प्रदेशसभा सदस्य तथा कैलाली जिल्ला पूर्वअध्यक्ष रतन थापा नागरिक उनमुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

उनीसँगै एमालेका केही नेताहरु पार्टी परित्याग गरि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको जनाइएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमको अयोजना गरि उनीहरु पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा थापासहित एमालेका पूर्वसांसद पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिका चौधरी पनि रहेका छन् । उनीहरुलाई नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले स्वागत गरेकी थिइन् ।

रतन थापा स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै एमालेबाट कारवाहीमा परेका थिए ।