पत्रकार महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ हुनुपर्नेमा अन्यथा भएकाे भन्दै सच्याउन सुझाव

पाँचथर, १६ भदौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा पाँचथरले नेपाल पत्रकार महासंघलाई गल्ति सच्याउन ध्यानाकर्षण गरेको छ ।

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको प्रष्ट तथ्य प्रमाण भएपनि हाल महासंघले भने पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्ने गरेको भन्दै उक्त त्रुटि तुरुन्त सच्याउन ध्यानाकर्षण गराएको हो ।

फोनिज जिल्ला शाखा पाँचथरका पदाधिकारीहरुसहितको टोलीले उक्त त्रुटिलाई तत्काल सच्याउन भन्दै जिल्ला शाखा पाँचथर मार्फत नेपाल पत्रकार महासंघलाई बिहीबार ज्ञपनपत्र बुझाइएको फोनिज जिल्ला अध्यक्ष रामचन्द्र तामाङले बताए ।

फोनिज पाँचथरको टोलीले पत्रकार महासंघ पाँचथरलाई सत्यनारायण बहादुर श्रेष्ठको पुरानो तस्बीरमा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ लेखिएको तस्बीरसमेत प्रमाण स्वरुप प्रदान गरेको छ ।

May be an image of one or more people and text that says 'सत्यनारायण बहादूर श्रेष्ठ (नेपाल पत्रकार महासंघ संस्थापक अध्यक्ष)'

फोनिजको टोलीलाई महासंघ जिल्ला शाखा पाँचथरका अध्यक्ष गिरीराज बाँस्कोटाले उक्त सुझावलाई केन्द्रमा पठाउने प्रतिबद्धता जनाएका छन् ।