काँग्रेस कार्यकर्ता प्रकाशमानसँग रुष्ट, जहाँत्यही गालीको वर्षा

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका नेता प्रशाशमान सिंहसँग कार्यकर्ता रुष्ट भएका छन् । काँग्रेसको जारी १४औं राष्ट्रिय महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवालाई नै समर्थन गरेको भन्दै कार्यकर्ताहरुले नेता सिंहप्रति रुष्ट भएका हुन् ।

कार्यकर्ताहरुले सामाजिक संजाल तथा अन्य विभिन्न माध्यमहरुमा आफ्ना बाबु गणेशमान सिंहको नाक काटेको एवं बइजत गरेको भन्दै गालीका भाषाहरु प्रयोग गरेका छन् ।

काँग्रेसका समाचार तथा सम्बन्धित पोष्टहरुमा प्रकाशमानलाई गाली नगरेको कमेन्ट नै नभेटिने कमै छन् ।

प्रकाशमानको समाचार पोट मुनी एक सामाजिक संजाल प्रयोग कर्ता लेख्छन्, “‘नैतिकता नभएको थुक्क’, अर्का प्रयोग कर्ता पनि लेख्छन्. ‘ निर्जज्ज’, अर्का प्रयोग सामाजिक संजाल प्रयोगकर्ता लेख्छन्,’ ‘प्रकाशमानले पदसँग सौदावाजी गरेर देउवालाई सहयोग गरेको हो, नभए हिजो के भनेको ?’ अर्का प्रयोगकर्ता लेख्छन्,’ ‘तिम्रो राजनीति अब उल्टो दिसामा गयो अब कहिले चुनाव जित्दैनौं, देउवाको मन होइन काग्रेस जनताको मन भाच्यौ तिमीले।’

काँग्रेसको महाधिवेशन काठमाडौंमा जारी छ । काँग्रेसको पहिलो चरण भएको सभापतिको निर्वाचनमा देउवाले ५० प्रतिशत कटाउन सकेनन् । त्यसपछि शेखर दोस्रो स्थानमा थिए । तेस्रो विमलेन्द्र निधि, चौँथो प्रकाशमान सिंह भए ।

प्रावधान अनुसार सबैभन्दा धेरै भोट ल्याउने २ उम्मेदवारको निर्वाचन हुन्छ । सो क्रममा यसअघि प्रशासमानले देउवालाई सहयोग नगर्न नयाँ नेतृत्वको खोजी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले देउवाको विकल्प खोज्न पहिले देखिनै अरुलाई पनि हौसियाएका थिए । तर अहिले उनी शेखर कोइरालालाई सहयोग नगर्ने भन्दै देउवालाई नै सहयोग गरेका छन् सभापतिका लागि । काँग्रेस कार्यकर्ताको चाहना थियो यो महाधिवेशनबाट युवा नेतृत्वले अवसर पाउँछ । तर प्रकाशमान जस्ता पात्रले नै देउवाको विकल्पमा ठेस पुर्याएको भन्दै कार्यकर्ताहरुको आक्रोशभाव प्रकट हुन थालेका छन् ।