तेह्रथुम, १८ भदौ । जनता समाजवादी पार्टी तेह्रथुमले केन्द्र र प्रदेश दुवैतर्फका उम्मेदवारहरु सिफारिस गरेको छ ।
बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले केन्द्र र प्रदेश दुवैतर्फका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।
जनता समाजवादी जिल्ला सचिवालय सदस्य किशोर चन्द्र इङ्नामका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ दुईजना नारायणमान गुरुङ र भगवान रिजाल सिफारिस भएका छन् । भगवान रिजाल पार्टीका जिल्ला वर्तमान जिल्ला अध्यक्ष हुन् । त्यस्तै नारायण गुरुङ पूर्वअध्यक्ष हुन् ।
प्रतिनिधिसभातर्फ नै समानुपातिकतर्फ प्रदेश अध्यक्ष प्रविन चाम्लिङ, प्रदेश सदस्य लोकबहादुर सिंगक र पर्शुराम बस्नेतको नाम सिफारिस भएको छ ।
त्यस्तैगरी प्रदेशमा प्रत्यक्षतर्फ सूर्यमान मादेन र गंगा कुरुम्वाङ सिफारिस भएका छन् । जसमा मादेन पूर्व जिल्ला उपाध्यक्ष तथा हाल लिम्बुवान राष्ट्रिय समिति सचिवालय सदस्य छन् ।
त्यस्तै कुरुम्वाङ जिल्ला सचिवालय समिति सदस्य तथा समाजवादी युवा संघ जिल्ला अध्यक्ष हुन् । त्यस्तै प्रदेश समानुपातिकतर्फ अरुणा सिंगक र कष्ण कटुाल सिफारिस भएका छन् । जसपा तेह्रथुमले उम्मेदवार तयार गरेतापनि केन्द्रको निणर्य अनुसार अघि बढ्ने जनाएको छ । उसले गठबन्धन विना पनि एक्लै चुनाव लड्न रहेको जनाएको छ।
अघिल्लो पटकको निर्वाचनमा वाम गठबन्धनबाट निर्वाचिन एमाले सांसद भवानीप्रसाद खापुङ नेकपा एकीकृत समाजवादीमा छन् ।