काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनले सभापतिमा पुन शेरबहादुर देउवालाई निर्वाचित गराएको छ । मंसिर २४ गतेबाट काठमाडौंमा आयोजना भएको महाधिवेशनको जारी छ । सभापतिका लागि २ चरणमा भएको मतदानमा देउवाले भारी मतका साथ सभापतिमा जिते ।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्ी शेखर कोइरालालाई झण्डै एक हजारको मतान्तरले पराजित गरेका हुन्। दोस्रो चरणमा भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमा देउवाले २७३३ र कोइरालाले २८५५ मत प्राप्त गरेका थिए । खसेको मतमध्ये ३५ मत बदर भएको थियो ।
मंगलबार भएको मतदानको मतगणना राति सवा ११ बजेदेखि सुरु हुँदा देउवाले लगातार अग्रता बढाउँदै लगेका थिए ।
मंगलबार दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको थियो भने आवश्यक प्रक्रिया सुरु गरे राति सवा ११ बजेदेखि मतगणना थालिएको थियो ।