प्रदेशसभा सदस्य उम्मेदवारका लागि मात्रै पाँचथरमा काँग्रेसका ४८ जनाको दावी

फिदिम, १८ भदौ । पाँथरमा आगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्यको उम्मेदवार बन्नका लागि ४८ जनाले आकांक्षा देखाएका छन् ।

क्षेत्रीय कार्यसमितिले आयोजना गरेको बैठकमा प्रदेश सभा सदस्यका लागि ४८ जना नेताहरुले उम्मेदवारीका लागि नाम टिपाएका हुन् ।

अहिले प्रदेशका उम्मेदवारको नाम सिफारिस गर्नका लागि छलफल भइरहेको पाँचथर जिल्ला सभापति रुपनारायाण जबेगुको भनाइ छ ।

केहीबेरमै सिफारिस हुने उम्मेदवारको नाम टुंग्याइने र केन्द्रको उम्मेदवारका सिफारिस सम्बन्धमा छलफल हुने नेपाली काँग्रेस पाँचथरले जनाएको छ ।

पाँचथर काँग्रेसका अनुसार प्रदेश सभा क मा प्रत्यक्षतर्फ पाँचथर काँग्रेसका निर्वतमान सभापति नरेन्द्रकुमार केरुङ, सभापति रुपनारायण जबेगु, क्षेत्रीय कार्यसमितिका सभापति भागिश्वर योङहाङ र क्षेत्रीय सदस्य लवदेभ ढुंगानाले दावी पेश गरेको छन् । त्यस्तै समानुपातिकतर्फ टेक बहादुर काम्वाङ (टेकेन्द्र), केदार बाँस्कोटा, जयप्रसाद रिजाल, ओनाहाङ नेम्बाङ, सन्तोष श्रेष्ठ, सुमन लामा, सञ्चकुमार केरुङ, देवी प्रसाद काफ्ले, दुत बहादुर गुरुङ, लक्ष्मी तावा, राजभक्त योङ्या, गणेश कुमार थाम्सुहाङ, रुद्रप्रसाद मुखिया, भुपेन्द्र बि।क, मधु जबेगु, हिमा अधिकारी, कौशिला गुरुङ, बिमला हाङसरुम्बा, कल्पना थापा र ताराकुमारी योङ्हाङले दावी गरेका हुन् ।

त्यस्तैगरी प्रदेश सभा ख मा प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ १७ जनाले आकांक्षा देखाएका हुन् । जसमा धरमेन्द्र बिक्रम नेम्बाङ, होमनाथ थापा, चन्द्र कुमार आङ्देम्बे, मुनेन्द्र बिक्रम नेम्बाङ, जितेन्द्र भण्डारी, गोपाल प्रसाद पोख्रेल र सन्तोष प्रकाश रिजालले दावी गरेका हुन् ।

त्यस्तैगरी मैया श्रेष्ठ लावती, निर्माल रिजाल, तेज बहादुर चेम्जोङ, सूर्यकुमार दाहाल, खड्ग सुन्दर लावती, सुनमाया राई, देबित्रा कुमारी आङ्देम्बे, पूर्णकुमार तुम्बापो, गंगामाया थेगिम, देबिचन्द्र पोर्तेल, हरिराज आङ्देम्बे, देशु सुहाङ (तेसमाया), नन्द कुमार नेम्बाङ, डेकेन्द्र कुमार तामाङ, धनराज तुम्बापो, गंगा बहादुर आङ्देम्बे र नबिनचन्द्र ढुंगेलले दावी गरेका हुन् ।