धनुषा, १९ भदौँ । धनुषामा नेपाली काँग्रेसकै नेताहरुबीच कुटाकुट भएको छ ।
धनुषा क्षेत्र नम्बर २ का लागि उम्मेदवार चयन गर्न बसेको नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठकमा नेताहरुबीच कुटाकुट भएको हो ।
शनिबार उम्मेदवार सिफारिस गर्न औरही गाउँपालिकामा बैठक बसेको थियो ।
उक्त बैठकमा पूर्व सांसदहरु रामकृष्ण यादव र मुक्ता यादवका समर्थक स्थानीय नेताहरुबीच कुटाकुट भएको थियो।
रामकृष्ण यादव कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । त्यस्तै मुक्ता सभापति शेरबहादुर देउवा पक्षका हुन्।
रामकृष्ण पक्षले मुक्ताको नाम प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्न नचाहेका कारण बैठकमा चर्काचर्की हुँदै कुटाकुटको स्थितिमा पुगेको हो ।
उक्त विवादपछि उम्मेदवार सिफारिस गर्ने काम प्रभावित भएको छ ।