इलाम क्षेत्र – २ मा सुवास नेम्वाङ सर्वसम्मत उम्मेदवार

काठमाडौं, १९ भदौ । एमालेबाट आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि सुवासचन्द्र नेम्वाङ इलाम २ मा सर्वसम्मत सिफारिस भएका छन् ।

नेकपा एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङलाई पार्टीले शनिबार सर्वसम्मत सिफारिस गरेको हो ।

इलाममा क्षेत्र नम्बर २ मा एकछत्र जित निकाल्दै आएका नेम्वाङ जनतामा लोकप्रिय छन् । यद्यपि यो पटक पार्टी विभाजन भएका कारण यो पटकको मत परिणाममा केही प्रभाव नभएपनि मतमा भने प्रभाव पर्ने स‌भावना छ ।