कार्यदलले टंङ्ग्याउन सकेन सिट बाँडफाँड, देउवा-प्रचण्ड नै छलफलमा !

काठमाडौं, १९ भदौ । कार्यदलले सिटबाँडफाडको विषय टुंग्याउन नसकेपछि प्रधानमन्त्री एंव नेपाली काँग्रेसरका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान वालुवाटारमा भएको मभेटवार्तामा सिट सिट बाँडफाँड मिलान गर्ने सम्बन्धमा छलफल भएको हो ।

आगामी मंसिर ४ गते हुने प्रदेश र केन्द्रको निर्वाचनका लागि सत्ता गठबन्धनमा सिट बाँडफाँडको विषय निश्कर्षमा पुग्न सकेको छैन ।

लामो समयको कसरतले पनि निश्कर्ष दिन नसकेपछि शीर्ष नेतृत्वमै छलफल भएको बुझिएको छ ।

यो भेटवार्ताले कार्यदलका साथसाथै अब शीर्ष नेतृत्वको वार्ताबाटै सिट बाँडफाँडको निर्णय हुनसक्ने अनुमान गर्न सकिन्छ ।

सत्ता गठबन्धनमा सरकारको नेतृत्वसमेत गरिरहेको काँग्रेसले १०० सीट नछाड्ने अडान राखेको छ । अन्यदलहरुले भने एमालेको उक्त अडानले नै सहमति नजुटेको आरोप लगाइरहेका छन् ।

कतिपय जिल्लाहरुमा दलहरु गठबन्धन नै नगर्ने अवस्थामा पुगेका छन् । आजै कार्यदल र गठबन्धनको बैठक बसेर सिट बाँडफाँटको विषय टुंगो लगाइने बताइएको छ ।