प्रदेशसभामा १ चोटी बोले सांसद कन्दङ्वा, कुसियैत बोल्दै बोलेनन्, यी हुन् कम बोल्ने २६ सांसद

तेह्रथुम, १९ भदौ । प्रदेश नम्बर १ को पहिलो कार्यकाल समाप्त भएको छ अर्थात सांसदहरुको ५ वर्षे कार्यकाल सकिएकाे भएको छ ।

शुक्रबार बसेको प्रदेशसभा बैठक नै प्रदेश – १ को अन्तिम बैठक हो । २०७४ सालको निर्वाचनमा निर्वाचित प्रदेश सांसदहरुको लगभग प्रदेश अधिवेशनबाट विदाइ जस्तै भएको छ । अब आउँदो निर्वाचबाट निर्वाचित प्रदेश सांसदहरुको सपथ पछि मात्रै अर्को अधिवेशन हुनेछ ।

सांसद जनताको प्रतिनिधि हुन् । उनीहरुले संसदबाटै आवश्यक कानून निर्माण र शंसोधन गर्दछन् । वितेका ५ वर्षको अवधिमा प्रदेशले ६२ कानुन निर्माण गरेको प्रदेश १ सचिवलयले जनाएको छ ।

कानुन निर्माणको प्रक्रियामा प्रदेशसभामा सांसदको उपस्थितिलाई महत्त्वपूर्ण मानिएतापनि प्रदेश १ मा प्रदेश सांसदहरुले यसको उपयोग भने कमै गरेका छन् । प्रदेशसभामा आफ्ना धारणा कम राख्ने सांदहरुको संख्या उल्लेख्य पाइएको छ । जसमा प्रदेशको सदनमा कतिपयले एक पटक पनि नाबोलेको समेत पाइएको छ । नेकपा (एमाले)का सांसद जगदीशप्रसाद कुसियैत प्रदेशसभामा एकपटक पनि बोलेनन् । उनले मन्त्रीको हैसियतमा मात्रै बोलेको पाइएको छ । तर उनले सदमा उठेका प्रश्नको मात्रै उत्तर दिएकाले त्यसलाई संसदले बोलेको रेकर्डमा राखिएको छैन ।

सचिवालयका अनुसार नेकपा (एकीकृत समाजवादी)का सांसद गणेशकुमार काम्बाङ पाँच वर्षमा जम्मा एकपटक बोले । एमालेका शेरधन राई एकपटक, एमालेका तेजमान कन्दङवा एकपटक, एमालेकै गुलेफुन खातुन तीनपटक, जीवन घिमिरे तीनपटक, एमालेका भीमप्रसाद आचार्य पाँचपटक, एमालेकै हिक्मतकुमार कार्की तीनपटक, एमालेकी हिमादेवी बस्नेत तीनपटक, एमालेकै टंक आङबुहाङ चारपटक संसद्मा बोले ।

नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णप्रसाद राजवंशी, पाँच एमालेका अम्मिरबाबु गुरुङले प्रदेशसभामा ६ पटक बोले ।

पाँच वर्षको अवधिमा सदनमा १० भन्दा कमपटक बोल्ने सांसदको संख्या २६ रेहेको छ ।

पाँच वर्षको अवधिमा शून्य समयमा सांसदहरूले ८८५, विशेष समयमा ५६, सैद्धान्तिक छलफल एक हजार ८२ र दलको तर्फबाट ६४ पटक सदनमा बोलेका थिए ।

यो अवधिमा जम्मा दुई हजार ८७ पटक सांसदहरूले विभिन्न विषयमा बोलेको सचिवालयको तथ्यांकले देखाएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार शून्य समय, सैद्धान्तिक छलफल, विशेष समय र दलको तर्फबाट बोल्ने सांसदलाई मात्र समेटिएको जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!