प्रतिनिधिसभाका लागि पाँचथरबाट वसन्त नेम्वाङ सर्वसम्मत

काठमाडौं, १९ भदौ । नेकपा एमाले पाँचथरबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि वसन्तकुमार नेम्वाङ सिफारिस भएका छन् ।

प्रतिनिधिसभाको एक मात्रै क्षेत्र रहेको पाँचथरमा एमालेको तर्फबाट उनी सर्वसम्मतले सिफारिस भएका हुन् ।

आइतबार बसेको एमाले पाँचथरकाे छैटौँ जिल्ला कमिटीको बैठकले नेम्वाङलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

पूर्वमन्त्रीसमेत रहेका नेम्वाङ पार्टीको केन्द्रीय कमिटी सदस्य तथा पाँचथर जिल्ला इन्चार्जसमेत हुन् ।

उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका बेला ओली सरकारकै उत्कृष्ट मन्त्रीको रुपमा परिचित थिए ।