तेह्रथुम, १९ भदौ । नेपाली कांग्रेसले तेह्रथुम प्रदेशसभा (ख)तर्फ प्रत्यक्षमा ४ उम्मेदवारको नाम सिफारिस गरेको छ ।
काँग्रेस प्रदेशसभा क्षेत्रिय समितिको बैठकले प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस गरेको जनाइएको छ । सिफारिस हुनेमा विजय सम्बाहाम्फे, रुद्र कन्दङ्वा, राज्यप्रसाद लिम्बू र अमृत बाँस्तोला रहेका छन् ।
सम्बाहाम्फे ०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार हुन । राज्यप्रसाद यसअघिका प्रदेश क्षेत्रीय सभापति हुन् । त्यस्तै बाँस्तोला भने नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाका अध्यक्ष हुन् । त्यस्तै समानुपातिकमा समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस भएको छ ।
जसमा भीष्मप्रसाद थपलिया, सनिशा भेटुवाल, चन्द्रबहादुर मादेम्बा, जीवकुमारी थापा, महेन्द्र बिमली, गणेशप्रसाद घिमिरे, योगकुमारी अर्याल, होमकुमार कोइराला र भुवनसिंह चोङवाङ समानुपातिक तर्फ उम्मेदवारकालागि सिफारिस भएका छन् ।
उता क्षेत्र नम्बर कमा भने प्रत्यक्षका लागि सन्तोष सुब्बा र कमल ढुंगानाको दुई जनाको नाम सिफारिस भएको छ । त्यस्तै समानुपतिकमा ११ जनाको नाम पठाइएको जनाइको छ ।