राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा एन्जिला तुम्बापो सुब्बा

काठमाडौं, २० भदौ । राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा गोलकिपर एन्जिला तुम्बापो सुब्बा नियुक्त भएकी छन् ।

सोमबार मुख्य प्रशिक्षक कुमार थापाले एन्जिलालाई कप्तान र अर्की सिनियर खेलाडी अमृता जैसीलाई उपकप्तानको जिम्मेवारी दिएका हुन् ।

साफ च्याम्पिनसिप भोलिबाट सुरु हुँदै छ । थापाले आफ्नो निर्णय अखिल नेपाल फुटबल संघ (एन्फा)लाई जानकारी दिइसकेका दिइसकेको बताएका छन् ।

नियमित कप्तान रेनुका नगरकोटे घाइते भएपछि उनी राष्ट्रिय टोलीबाट बाहिरिएकी छन् ।