गुल्मी, २० भदौ । चुनाव नजिकिँदै जाँदा सत्तारुढ दलहरुले गठबन्धनलाई कसिलो बनाउने दावी गरिरहँदा गुल्मीमा भने नेकपा एकीकृत समाजवादी र एमालेबीच गठबन्धन हुने भएको छ ।
सोमबार गुल्मीमा पत्रकार सम्मेलन गरि दुई पार्टीबीच एकताको घोषणा गरिएको हो।
नेकपा एमालेमा केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको उपस्थितिमा एमालेका जिल्ला इन्चार्ज दिनेश पन्थी र जिल्ला अध्यक्ष बालसिंह काउछा साथै एकीकृत समाजवादीका जिल्ला इन्चार्ज गणेश खनाल र अध्यक्ष नरेश भण्डारीले एकतापत्रमा हस्ताक्षर गरेका छन्।
एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भण्डारीले नेपालको राजनीतिक परिवर्तनका लागि वाम एकता सन्देश दिन उक्त निर्णयमा पुगेको उल्लेख गरे । उनले गुल्मीबाटै वाम एकताको सन्देश प्रवाहको थालनी गरेको पनि दावी गरे । यो एकताले गुल्मीबाट निर्वाचन उठ्न लागेकी एकीकृत समाजवादीकी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई भने धक्का पुगेको छ ।
विज्ञप्ति