तेह्रथुमको आठराईमा ६२ वर्षीय वृद्धद्वारा झुण्डिएर आत्मह-त्या

  • कृष्ण कन्दङ्वा,

आठराई, २० भदौ । तेह्रथुममा एक वृद्धले देहत्याग गरेका छन् । जिल्लाको आठराई गाउँपालिका – ५ छातेढुंगास्थित अर्चलेका ६२ वर्षीया पुन्यप्रसाद चापागाईँले झुण्डिएर देहत्याग गरेका हुन् ।

इलाका प्रहरी कार्यालय सक्रान्तिबजारका अनुसार सोमबार दिउँसो चापागाईँले घर नजिकैको ढाल्नेको रुखमा पासो लगाएर देहत्याग गरेका हुन् ।

‘स्थानीयको खबरपछि इलाका प्रहरी कार्यालय सक्रान्तिबजारबाट खटिएको प्रहरीको टोलीले उनको घरबाट करिब पाँचसय मिटर परको जंगलको रुखमा झुण्डिएको अवस्थामा चापागाईँको शव भेटियो । इलाका स्वास्थ्य केन्द्र सक्रान्तिमा पोष्टमार्टमको आवश्यक प्रकिया पूरा गरेर शव परिवारालाई बुझाइसकेका छौँ,’ इलाका प्रहरी कार्यालय सक्रान्तिबजारले साझा चासोलाई बतायो ।

पोष्टमार्टमको रिपोर्ट आउन केही दिन लाग्ने प्रहरीले बताएको छ । घटनाप्रति अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।

देहत्याग गर्नुको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ ।